गठबन्धनमा चुनावको सिट तालमेल जटिल विषय हो : प्रवक्ता महत

नेपाली काँग्रेसले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमै तालमेल गरेर जाने पक्षमा काँग्रेस रहेको बताएका छन् । सोमबार केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता महतले पुरै निर्वाचन क्षेत्रमा गठबन्धन गनुपर्ने पक्षमा काँग्रेस रहेको बताएका हुन् । यद्यपि उनले गठबन्धनमा सिटको तालमेल जटिल विषय रहेको पनि बताए ।
‘स्थानीय निर्वाचनमा हामीले गठबन्धनको तालमेललाई सफलतापूर्वक अघि बढायौ, त्यसको निष्कर्षलाई पनि हामीले सन्तोषजनक मान्यौ’, महतले भने, ‘अरुले पनि सन्तोषजनक मान्नुभयो र फेरि गठबन्धनबाटै जानुपर्छ भन्नुभयो ।’
अहिलेको सकारात्मक अनुभवलाई टेकेर अव आउने चुनावमा पनि तालमेल गरेर जानुपर्छ भन्ने भावना सवै दलमा रहेको काँग्रेसको भनाइ छ । प्रवक्ता महतले अबको चुनावमा तालमेलको विषय जटिल विषय भएको पनि बताए । ‘तालमेलको विषय जटिल विषय हो, त्यो सहज विषय होइन । तर स्थानीय तहको तालमेल कम जटिल थिएन । त्यसले अरु दलहरुले सोच बदल्नुहुन्छ भन्ने मलाई लागेको छैन’, महतले गठबन्धन परिवर्तनबारे भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ताकेतादेखि माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामासम्म
-
काठमाडौँ महानगरका मेयर र उपमेयरसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने