गठबन्धनमा चुनावको सिट तालमेल जटिल विषय हो : प्रवक्ता महत
नेपाली काँग्रेसले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमै तालमेल गरेर जाने पक्षमा काँग्रेस रहेको बताएका छन् । सोमबार केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता महतले पुरै निर्वाचन क्षेत्रमा गठबन्धन गनुपर्ने पक्षमा काँग्रेस रहेको बताएका हुन् । यद्यपि उनले गठबन्धनमा सिटको तालमेल जटिल विषय रहेको पनि बताए ।
‘स्थानीय निर्वाचनमा हामीले गठबन्धनको तालमेललाई सफलतापूर्वक अघि बढायौ, त्यसको निष्कर्षलाई पनि हामीले सन्तोषजनक मान्यौ’, महतले भने, ‘अरुले पनि सन्तोषजनक मान्नुभयो र फेरि गठबन्धनबाटै जानुपर्छ भन्नुभयो ।’
अहिलेको सकारात्मक अनुभवलाई टेकेर अव आउने चुनावमा पनि तालमेल गरेर जानुपर्छ भन्ने भावना सवै दलमा रहेको काँग्रेसको भनाइ छ । प्रवक्ता महतले अबको चुनावमा तालमेलको विषय जटिल विषय भएको पनि बताए । ‘तालमेलको विषय जटिल विषय हो, त्यो सहज विषय होइन । तर स्थानीय तहको तालमेल कम जटिल थिएन । त्यसले अरु दलहरुले सोच बदल्नुहुन्छ भन्ने मलाई लागेको छैन’, महतले गठबन्धन परिवर्तनबारे भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण