पाँच दलीय गठबन्धनको अपरिपक्वताले देश संकटतर्फ : नेता पाण्डे
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनको अपरिपक्वताका कारण मुलुक संकटतर्फ उन्मुख भइरहेको बताएका छन् । सोमबार जनकपुरमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । गठबन्धन दलका नेतृत्वकर्ता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचको कारण मुलुक गम्भिर संकटतर्फ अघि बढेको उनको आरोप छ ।
मुलुकलाई कुनै राष्ट्रको विरुद्ध गोटीको रुपमा प्रयोग हुन नदिन र देउवा तथा प्रचण्डको अपरिपक्व सोचलाई सफल हुन नदिने जिम्मेवारी एमालेको काँधमा रहेको भन्दै उनले देशमा जागरण अभियान चलाउनुका साथै संघर्ष गर्नुपर्ने बताए ।
एमालेको मधेश प्रदेश अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ र पूर्वमन्त्री समेत रहेका स्थायी समिति सदस्य प्रभु साह लगायतकाले प्रशिक्षण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान