शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

प्रादेशिक अस्पतालबाट हटाइएका करारका कर्मचारी आन्दोलित

सोमबार, ०२ साउन २०७९, १७ : ३०
सोमबार, ०२ साउन २०७९

प्रादेशिक अस्पताल जनकपुरधामले १ सय ३२ जना करारका कर्मचारी हटाएपछि उनीहरु आन्दोलित भएका छन् । सोमबारदेखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि आन्दोलनमा उत्रेका हुन् । 

प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो । सो अवधिमा भर्ना भएका करारका कर्मचारीलाई आइतबारदेखि हाजिरी तथा कामकाज नगर्न नगराउन भन्दै प्रतिष्ठानले एक सूचनामार्फत जानकारी गराएको थियो ।

तर निकालिएका करारका कर्मचारीहरुले भने आपत्ति जनाउँदै अस्पतालमा तालाबन्दी गर्न पुगेका थिए । प्रहरीले अस्पतालको मुलगेटमै आन्दोलित करारका कर्मचारीलाई रोकेपछि उनीहरु नियमित म्याद थप र कर्मचारी व्यवस्थापन तथा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका छन् ।

आन्दोलनमा उत्रेकी रेणु यादवले म्याद थप गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेको बताइन् । कर्मचारीलाई कुनै जानकारी र छलफल नै नगरी हटाएको भन्दै प्रतिष्ठानले पुनः नियुक्ति नगरे कडा आन्दोलन गर्ने कर्मचारीहरुले चेतावनी समेत दिएका छन् ।

एक सूचना प्रकाशित गर्दै आइतबारदेखि १ सय ३२ जना करारका कर्मचारीलाई हटाएको जनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप