खोटाङमा ७० प्रतिशत रोपाई सकियो
खोटाङमा साउन लाग्दा ७० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकामा सोमबारसम्ममा नौ हजार २८ हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।
असारमा पर्याप्त वर्षा भएका कारण खोटाङमा विगतको तुलनामा चाँडो रोपाइ भएको हो । बेलामा धान रोप्न पाउँदा किसान उत्साहित छन् । जिल्लाको लेकाली क्षेत्रमा रोपाइ सकिएको र बेँसीमा धमाधम रोपाइ जारी रहेको ज्ञान केन्द्रले जनाएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म ऐसेलुखर्क, केपिलासगढी, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश क्षेत्रमा रोपाइ भइसकेको छ ।
यस्तै, जन्तेढुंगा, बराहपोखरी, खोटेहाङ, दिप्रुङ चुईचुम्मा र रावाबेँसी गाउँपालिकाको बेँसी क्षेत्रमा मात्र हाल रोपाई भइरहेको छ । बेँसी क्षेत्रमा १५ साउनपछि पनि रोपाइ हुने गरेको छ । जिल्लामा कुल १४ हजार एक सय ५९ हेक्टर खेत भए पनि १२ हजार आठ सय ९८ हेक्टरमा धान लगाउने गरिएको छ ।
सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाई हुने गरे पनि सिञ्चित र असिञ्चित प्रकारको खेतमा वर्षा भएपछि मात्र रोपाई हुने गरेको छ । सिञ्चित खेतमा जुनसुकै समयमा रोपाई गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाई हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् । जिल्लामा अटेमार्सी, मकवानपुरे, ताइचिन, रनजित लगायतका धान रोप्ने गरिन्छ ।
दिक्तेल, नेर्पा, खार्पा, हौंचुर, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिमपानी, ईन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरेलगायत ठाउँमा सबैभन्दा बढी धान खेती हुने गरेको छ । सिञ्चित ११ हजार चार सय हेक्टर र आकाशे पानीको भरमा रोपाई हुने तीन हजार आठ सय दुई हेक्टर क्षेत्रमा धान रोपाई हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ