आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उपत्यकाको ट्राफिक व्यवस्थापन– एक ट्राफिकको भागमा एक हजारभन्दा बढी सवारी

सोमबार, ०२ साउन २०७९, १६ : ४२
सोमबार, ०२ साउन २०७९

महालेखापरीक्षकको प्रतिवेदनले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा समस्याको चाङ देखाएको छ । ५९ औं प्रतिवेदनले उपत्यकामा एकजना ट्राफिकको भागमा १ हजारभन्दा धेरै सवारी र १ किलोमिटरभन्दा बढी सडक पर्ने देखाएको हो ।

बागमती प्रदेश सरकारका अनुसार २०७७ कात्तिकसम्ममा काठमाडौं उपत्यकामा १५ लाख ८ हजार ५३७ वटा सवारी रहेका छन् । यस्तै, काठमाडौं, ललितपुर र भक्तपुरमा २ हजार ८४ किलोमिटर सडक छ । यसलाई आधार मान्दा उपत्यकाका ट्राफिक प्रहरीलाई चाप देखिएको हो ।

यस्तै, काठमाडौं उपत्यकामा २०७७ सालको कात्तिकसम्ममा १ हजार ८७ जना ट्राफिक प्रहरी छन् । यस आधारमा एकजना ट्राफिक प्रहरीले १ हजार ३८८ वटा सवारी साधानलाई व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसैगरी, एकजना ट्राफिक प्रहरीको भागमा १.९२ किलोमिटर सडक पर्ने महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

यसका साथै, केशरमहल सङ्ग्रहालयको दक्षिण गेट, माइतीघर, थापाथली, तीनकुने, कोटेश्वर,जडीबुटी,टंकेश्वर परोपकार लगायतका ९ स्थानका सडकमा जडान गरिएको ट्राफिक लाइट बन्द छन् । यसैगरी, यी बाहेक थप १० स्थानमा पैदल यात्रीका लागि जडान गरिएको बत्तीसमेत बन्द अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप