मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

गोरखापत्र संस्थानले एक वर्षमै थप्यो ९१ कर्मचारी, सरकारको करोडौं ऋण बुझाएनन्

सोमबार, ०२ साउन २०७९, १६ : २०
सोमबार, ०२ साउन २०७९

गोरखापत्र संस्थानले एकै वर्षमा ९१ जना कर्मचारी थप गरेको छ । तत्कालीन नेकपा एमालेको सरकार रहेको समयमा एकै वर्षमा ९१ जना कर्मचारी थपिएको हो । यस्तै, सो वर्ष ८ वटा नयाँ कार्यालय समेत स्थापना गरिएको थियो ।

वि.सं. २०२० मा सर्वसाधारणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सरल र सुलभ किसिमले उपलब्ध गराउने लक्ष्यसहित गोरखापत्र संस्थान स्थापना गरिएको थियो । यस संस्थान अन्तरगत गोरखापत्र दैनिक र दि राइजिङ नेपाल नामक दुई राष्ट्रिय दैनिक छन् ।

संस्थानको केन्द्रीय कार्यालय, दुई प्रदेशस्तरीय प्रकाशन कार्यालय, ६ प्रदेशस्तरीय कार्यालय तथा १ सम्पर्क कार्यालय समेत गरेर कूल १० कार्यालय छन् । यी कार्यालयमा कूल ४४६ जना कर्मचारी कार्यरत छन् । यो वर्ष मात्रै संस्थानले ८ कार्यालय र ९१ कर्मचारी थप गरेको महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनले देखाएको छ । यस्तै गोरखापत्र संस्थानले सरकारबाट लिएको ऋण समेत नतिरेको प्रतिवेदनले देखाएको छ ।

संस्थानले हालसम्म सम्झौता बमोजिम २ ऋण सम्झौताको साँवा तथा ब्याज नेपाल सरकारलाई भुक्तानी नगरेको हो । वर्षान्तसम्म ऋणको साँवा ६ करोड २० लाख रुपैयाँ र सोको २० लाख रुपैयाँ ब्याज नबुझाएको हो । सम्झौताअनुसार नेपाल सरकारलाई बुझाउनु पर्ने किस्ता नबुझाएको प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप