शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

पार्वत गुरुङ मन्त्री हुँदा दूरसञ्चार प्राधिकरणको पैसाबाट गाडी किनियो

सोमबार, ०२ साउन २०७९, १६ : ०९
सोमबार, ०२ साउन २०७९

महालेखा परीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको बजेटबाट सञ्चारमन्त्रीका लागि सवारी किनेको देखाएको छ । प्राधिकरणको नाममा रहेको बजेटबाट सूचना तथा सञ्चार मन्त्रीका लागि सवारी किनिएको थियो ।
प्राधिकरणको बजेटबाट २०७७ पुस १६ गते मन्त्रीपरिषद्को बैठकले सञ्चार मन्त्रीका लागि २ करोड ५ लाख २५ हजार रुपैयाँको जिप खरिद गरेर २०७८ भदौ २८ गते पत्रबाट हस्तान्तरण गरिएको थियो । मन्त्रिपरिषद्ले सञ्चार मन्त्रीका लागि प्राधिकरणको बजेटबाट सवारी खरिद गर्ने निर्णय गर्दा नेकपा एमालेका नेता पार्वत गुरूङले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्राधिकरणको खातामा तत्कालिन समयमा सवारी खरिदका लागि २ करोड रुपैयाँ मात्रै बजेट थियो । जबकी, तत्कालिन मन्त्री गुरूङले प्राधिकरणको खातामा भएकोभन्दा बढी रकम निकासा गरेर सवारी साधन खरिद गरेको महालेखा प्रतिवेदनले देखाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप