बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विष्णुमती र धोबीखोलामा बाढी आउने चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

सोमबार, ०२ साउन २०७९, १६ : ०३
सोमबार, ०२ साउन २०७९

विष्णुमती र धोबीखोलामा बाढी आउने चेतावनी जारी भएको छ । वादी पूर्वानुमान महाशाखाले पछिल्लो १ घण्टामा काठमाडौँको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको जनाउँदै बाढीको चेतावनी दिएको हो । 

विष्णुमतीस्थित गोंगबु बसपार्कको बाढी मापन केन्द्रमा जलसतह करिव १.५ मिटरले बढेको छ भने विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडक सम्म आउन महाशाखाको भनाइ छ । 
बाढी खतरा कायमै रहेकाले आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपाउन महाशाखाले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप