शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा करार कर्मचारी हटाउँदाको विवाद : डुङ्गेश्वरमा तालाबन्दी, गुराँसमा धर्ना

सोमबार, ०२ साउन २०७९, १५ : ५६
सोमबार, ०२ साउन २०७९

दैलेखको डुंगेश्वर गाउँपालिकामा करारमा कार्यरत कर्मचारीलाई हटाएको विरोधमा तालाबन्दी गरिएको छ । पालिकामा कार्यरत कर्मचारीको म्याद थप गर्नुपर्ने माग गर्दै हटाइएका कर्मचारीहरुले तालाबन्दी गरेका हुन् ।  करार कर्मचारी हटाउने निर्णय सच्याउनुपर्ने माग उनीहरुको छ । गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले आफू काठमाडौँबाट सुर्खेत फर्किँदै गरेको र पालिकामा तालबन्दी भएको खबर प्राप्त गरेको रातोपाटीलाई बताए । उनले भने, ‘हामीले करार सम्झौता नगर्ने भनेका थियौँ । उनीहरुले ज्ञापन पत्र बुझाउने भनेका थिए । आज ज्ञापन पत्र बुझाएपछि तालाबन्दी गरेका हुन् ।’

यता गाउँपालिकाकी उपाध्यक्ष कमलावती न्यौपानेले दिउँसो १ बजेतिर ज्ञापनपत्र बुझाएर तालाबन्दी गरिएको बताइन् । उनले भनिन्, ‘मलाई समेतभित्र थुनेर बाहिरबाट तालबन्दी गरियो । १५ मिनेटपछि मात्र खुल्यो । त्यसपछि मत घर  आएँ ।’ उनका अनुसार अहिले प्रहरीले त्यहाँ सुरक्षा व्यवस्था कडा पारेको छ। न्यौपानेका अनुसार डुङ्गेश्वरले २८ जना करार कर्मचारीलाई हटाएको छ। 
गुराँसमा करार कर्मचारीको धर्ना 

यता गुराँस गाउँपालिकाका कर्मचारीले भने सोमबार पालिकाको गेटमा धर्ना दिएका छन् । म्याद थप नभएसम्मको लागि आन्दोलन जारी रहने उनीहरुको भनाई छ । करार कर्मचारी हटाइएको विषयमा अहिले आरोप प्रत्यारोप चलिरहेको छ । विशेष गरेर सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको छ । 

घटनालाई राजनीतिकरण गरिएको छ भने पुर्व अध्यक्ष खेमराज ओलीमाथि षड्यन्त्रकारीको आरोप लागेको छ । शुक्रबारको घटनालाई लिएर छानबिन समिति बनेको  छ। शुक्रबारको आन्दोलनमा परी दुई जना घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप