सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भैरहवामा गर्मी बढ्यो, एक साता विद्यालय बन्द

सोमबार, ०२ साउन २०७९, १४ : ४७
सोमबार, ०२ साउन २०७९

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन गर्मी बिदा दिएको छ । भैरहवा क्षेत्रमा अत्यधिक गर्मी भई विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले एक साता बिदा दिइएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ। नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयद्वारा जारी सूचनामा वर्षे विदाबाट कट्टी गर्ने गरी मंगलबारदेखि साउन ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय विदा दिने निर्णय भएको उल्लेख छ। 

पछिल्लो हप्ता भैरहवामा अत्यधिक गर्मी बढेपछि सर्वसाधारणको जनजीवन समेत प्रभावित भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप