किरात प्रदेश नामकरणको माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ
सोमबार, ०२ साउन २०७९, १४ : ४१

प्रदेश १ को नामकरणको विषय पेचिलो बन्दै गइरहेको छ । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टुङ्ग्याउन सकेको छैन ।
प्रदेश १ को नाम पहिचानका आधारमा राख्न माग गर्दै दबाबका कार्यक्रमहरू आयोजना भइरहेका छन् । यही क्रममा किरात राई यायाेक्खाले प्रदेशको नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेका छन्। घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएको आयोजकले जानकारी दिएका छन्। उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका छन् । घेराउपछि मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र प्रदान गर्ने र प्रदेशसभा घेराउ गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
-
‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
-
‘ठुलो भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन’
-
तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
-
प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट
-
भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल