आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अनिवार्य मास्क लगाउन नवलपुर प्रशासनको आग्रह

सोमबार, ०२ साउन २०७९, १४ : २९
सोमबार, ०२ साउन २०७९

पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले अनिवार्यरुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा आइतबार जारी आदेशमा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क लगाउन आग्रह गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार व्यवस्था सम्बन्धमा आइतबार बसेको बैठकको सिफारिसका आधारमा जिल्लाका सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणमा आग्रह गरिएको घिमिरेले बताए । “अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नुपर्ने गरी आदेश जारी गरिएको छ”, घिमिरेले भने ।

आदेशमा सरकारी वा सार्वजनिक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा सङ्घसंस्थामा सेवा लिँदा र दिँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्ने उल्लेख गरिएको घिमिरेले बताए । जिल्लामा कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता बढाएसँगै यसको अनुगमनलाई समेत अगाडि बढाउने घिमिरेको भनाइ छ । “अर्को व्यवस्था जारी नभएसम्मका लागि यो सूचना जारी गरिएको हो”, घिमिरेले भने, “कोरोनाको सङ्क्रमण बढ्ने÷घट्ने भएमा सोही अनुसारको नीति अवलम्बन गरिनेछ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप