शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तिम समयमा किन भयो एन्फा कार्यसमिति बैठक स्थगित ?

सोमबार, ०२ साउन २०७९, १३ : २२
सोमबार, ०२ साउन २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा अन्तिम समयमा आएर एन्फा कार्यसमिति बैठक स्थागित भएको छ ।  एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । 
एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना भएको बताइएको छ । 

अर्को सूचना नआउन्जेल  एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।  ‘अध्यक्षज्यू विमार पर्नुभयो । उहाँ अस्पताल हुनुहुन्छ । अर्को सूचना नआउन्जेल कार्यसमिति बैठक स्थगित भयो,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।

 एन्फाको कार्यतालिका अनुसार बैठकमा विभिन्न १२ एजेन्डामा छलफल हुने तय भएको थियो । 

 मुख्य एजेन्डा:

– महिला साफ च्याम्पियनसिपको योजना तथा टिम तयारी । जसमा समय र स्थान निर्णय गर्ने रहेको छ । त्यस्तै टिम कोच र मेनेजर नियुक्ति रहेको छ ।

– एनएसएलसँग सम्झौता गर्ने नगर्ने । एनएसएल हुने नहुने विषयमा ।

– एन्फाको पदपूर्ति सम्बन्धी ।

– सी डिभिजन लिग छनोट सम्बन्धी ।

– फुटबल टोलीको दैनिक प्रशिक्षण सम्बन्धी ।

– यू–२० र यू–१७ टिमको सहभागिता तथा प्रशिक्षक र मेनेजर नियुक्ति सम्बन्धी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप