'सम्झना बिर्सना' मा किन देखिएन पूजाको स्टारडम ?
पछिल्लो समय राम्रो फ्यान फ्लोइङ भएकी अभिनेत्रीमा पर्छिन् पूजा शर्मा । सञ्चारकर्मी हुँदै फिल्म अभिनयमा होमिएकी उनी ‘मधुमास’, ‘थ्री लभर्स’, ‘मेरो बेस्ट फ्रेन्ड’ हुँदै ‘प्रेम गीत’ मा आएर स्थापित भइन् ।
सुदर्शन थापाको निर्देशन रहेको ‘प्रेम गीत’ पछि उनले थुप्रै फिल्म अभिनय गरेपनि यसबाट बनेको उनको गीत छवि कुनै फिल्मले मेटाउन सकेन । त्यसपछि केही फिल्म हुँदै ‘म यस्तो गीत गाउँछु’ अभिनय गरेकी उनी पपुलर नायिका समेत बनेकी थिइन् । त्यसपछि ‘म यस्तो गीत गाउँछु २’ मा रोनाधोना र अनेक हतकण्डा अपनाउँदै दर्शक भिड गराउन सफल उनको यो फिल्मले समेत ब्यवसाय पनि राम्रो गर्यो । यसले उनलाई स्टारडम भएको अभिनेत्रीको सूचीमा समेत उभ्यायो ।
तर, उनको त्यो स्टारडम धेरै समय रहन सकेन । जसको अनुमान शुक्रबार रिलिज फिल्म ‘सम्झना बिर्सना’ लाई हेर्न सकिन्छ । उनी अभिनित शुक्रबार रिलिज यो फिल्मले रिलिजकै दिनदेखि दर्शक पाउन नसकेको अवस्था छ ।
त्यतिमात्र कहाँ हो र ? । शुक्रबार रिलिज फिल्मको प्रतिक्रिया बुझ्न शनिबार उनी बालाजुको रहेको अष्टनारायण हलमा पुगेकी थिइन् । सो क्रममा उनको भन्दा उनीसँगै अभिनय गर्ने कलाकार आकाश श्रेष्ठको क्रेज बढी देखियो । आकाशको पक्षमा नाराबाजी पनि ठूलै भयो ।
आफ्नो पक्षमा दर्शकको नाराबाजी कम भएपछि उनले दर्शकसँग झर्किँदै भनिन् ‘के हो यो ? फिल्म कसको ? दुईटैको हो । के गरेको यो ?’ यो भिडियो सामाजिक संजालमा अहिले भाइरल छ । भिडियो हेर्ने अधिकांशले पूजाको स्टारडम खस्किएको प्रतिक्रिया दिएका छन् ।
उनको स्टारडम र सोसल मिडियामा चर्चा देखेर उनी माथी फिल्ममा लगानी गर्ने तरखरमा रहेका निर्माता अहिले झस्किएका छन् । आफ्नै दममा फिल्म चलाउने गरेको दाबी गर्ने पूजाले नयाँ प्रोजेक्टलाई प्रेमीको प्रयोग गरेर अनमोल केसी भित्र्याउनु र फिल्मको रिलिज समय अष्ट्रेलिया उड्नुलाई उनको स्टारडम खस्किएको कुरा कसैले नकार्न मिल्दैन ।
फिल्ममा आफ्नो भुमिका अभिनय मार्फत तिखार्नु भन्दा बिभिन्न कारणले चर्चामा छाउने पूजाको सच्चिएको हो वा अहिले नदेखिएको त्यो आगामि दिनका उनको प्रोजेक्टले देखाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता