बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने
बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले साउन ५ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रदेशसभा बैठक गत असार २९ गते ५ वटा अध्यादेश पास गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
संसद् चल्न नसकेको अवस्थामा सरकार संचालन र दैनिक काम कारवाहीका लागि ल्याइएको विभिन्न ५ अध्यादेश स्वीकृत गरेर अनिश्चित कालका लागि स्थगित गरिएको बैठक पुनः साउन ५ गतेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उक्त बैठकमा सरकारले ल्याएको अध्यादेशहरूको प्रतिस्थापन विद्येयकमाथि छलफल हुने कार्य सूची रहेको छ । सचिव खड्काका अनुसार हिजो सोमबार बसेको प्रदेशसभा सचिवालयको कार्य व्यवस्था परामर्श समितिको बैठकले सरकारको तर्फबाट संसद्मा पेश भएको सो विद्येयक माथि छलफलको कार्य सूची तयार पारेको हो ।
सरकारले ल्याएका ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ ‘प्रदेश युवा परिषद् ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ को प्रतिस्थापन विद्येयकहरु पेश हुने र त्यसमाथि छलफल हुने सचिव खड्काले बताए ।
त्यस्तै साउन ५ गते बस्ने बैठकमा सरकारको तर्फबाट संसद्मा पेश भएर समितिमा समेत छलफल भइ प्रतिवेदन तयार भइसकेकाको प्रदेश ब्यूरो परिषद् गठन सञ्चालन विद्येयक सदनमा पेश गर्ने तयारी रहेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।
उनका अनुसार संसद्मा पेश भएर समितिमा छलफल भइसकेका केही प्रदेश ऐन संशोधन विद्येयक, प्रदेश सञ्चार ऐन संशोधन विद्येयक र विपद् व्यवस्थापन ऐन संशोधन विद्येयकको प्रतिवेदन पेश गर्ने सरकारको तयारी रहेको छ । सरकारले तत्काल सदनमा कुनै पनि नयाँ विद्येयक पेश गर्ने तयारी नगरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
-
एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
-
दुई नयाँ हुलाक टिकट प्रचलनमा
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज
-
‘दुःखी आत्मा’ को फष्टलुक्समा दयाहाङ, आँचलदेखि आशान्तसम्म
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश