बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

श्रीलंकामा चार महिनामा चौथो पटक संकटकाल, कार्यवाहक राष्ट्रपतिले जारी गरे सूचना

सोमबार, ०२ साउन २०७९, ११ : १३
सोमबार, ०२ साउन २०७९

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । सरकारले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

श्रीलंकामा जारी विरोध प्रदर्शन र सामाजिक अशान्तिलाई शान्त पार्ने प्रयास भइरहेको छ । श्रीलंका हाल आर्थिक संकटबाट गुज्रिरहेको छ र चार महिनामा चौथो पटक श्रीलङ्कामा संकटकाल लगाइएको छ ।

सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक व्यवस्था कायम राख्न र अत्यावश्यक सेवाको आपूर्ति र मर्मतसम्भारलाई निरन्तरता दिन पनि त्यसो गर्नु जनताको हितमा छ ।’

श्रीलंका सम्बन्धि आधारभूत जानकारी

– श्रीलंका एक टापु देश हो

 श्रीलंका सन् १९४९ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो । त्यहाँ तीन जातीय समूह छन् ( सिंहला, तमिल र मुस्लिम । दुई करोड २० लाख जनसंख्या भएको देशमा यी तीन समुदाय ९९ प्रतिशत छन् ।

– वर्षौंदेखि एउटै परिवारका भाइहरूको शासन

 तमिल पृथकतावादी विद्रोही र सरकारबीच वर्षौंदेखि चलेको रक्तपातपूर्ण गृहयुद्ध सन् २००९ मा समाप्त भएको थियो । महिन्दा राजापाक्षे त्यतिबेला बहुसंख्यक सिंहला जनताबीचको यो गृहयुद्ध अन्त्य गर्न नायकको रूपमा देखा परेका थिए । त्यो समयमा महिन्दा राजपाक्षेका भाइ गोटाबाया राजापाक्षे श्रीलंकाका रक्षामन्त्री थिए । अब राष्ट्रपतिको रुपमा गोटबायाले देश छोडेर भाग्नुपरेको छ ।

– राष्ट्रपतिको अधिकार

श्रीलंकामा, राष्ट्रपति देश, सरकार र सेनाका प्रमुख हुन्, तर धेरै प्रकारका अधिकारहरू प्रधानमन्त्रीसँग साझा हुन्छन् । प्रधानमन्त्री संसदमा सत्तारुढ दलका प्रमुख हुन् ।

– आर्थिक संकटका कारण सडकमा जनता

खाद्य सामग्री, औषधी र इन्धनको आपूर्ति शून्य बराबर छ र महँगीले आकाश छोएको छ । सर्वसाधारण अत्यधिक रोषमा सरकारविरुद्ध सडकमा छन् । श्रीलङ्काका जनता आर्थिक संकटका लागि राजपक्षे परिवारलाई दोष दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप