डीएसपीले पोखरीमा धकेलेपछि वडाध्यक्ष भन्छन्– यो भन्दा ठूलो अन्याय के हुन्छ ?
बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिए दिएर डीएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस्,’ उनले भने ।
तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरी परिचालन गरिएको थियो । त्यसक्रममा सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा धकेलिदिएका थिए । वडाध्यक्ष क्षेत्रीले यो भन्दा ठूलो अन्याय के हुन्छ भनेर प्रश्न गरेका छन् ।
नगरप्रमुख रामकृष्ण खाण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका छन् । आफू अनुकुल निर्णय हुने नदेखेपछि नगर प्रमुख खाणले गणपूरक संख्या पुग्दा पुग्दै उपस्थिति कम देखाएर संख्या नपुगेको भन्दै गत शुक्रबारदेखि नगरसभा स्थगित गर्दै आएका छन् । तिलोत्तमाको नगर कार्यपालिका र नगर सभा दुवैमा एमालेको बहुमत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’