आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बाँके प्रहरीले समात्यो एक वर्षमा २ सय ८१ फरार अभियुक्त

सोमबार, ०२ साउन २०७९, १० : ५८
सोमबार, ०२ साउन २०७९

जिल्ला प्रहरी कार्यालय बाँकेले एक वर्षमा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार हुँदै आएका उनीहरुलाई गत आवमा पक्राउ गरी जेल पठाएको हो ।

ज्यान मार्ने उद्योग, लागूऔषध कारोबारी, जबरजस्ती करणी, यौनजन्य हिंसा, कुटपिट, ठगीलगायतका मुद्दामा सजाय र जरिवाना तोकिएकालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाबाट १ सय ३३ वर्ष ११ महिना १४ दिन कैद र ५६ लाख ५३ हजार ८ सय ३५ रुपियाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप