डच डिफेन्डर बायर्न जाने पक्का
सोमबार, ०२ साउन २०७९, १० : ३२
डच डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध हुने पक्का भएको छ । आफ्ना स्टार खेलाडी रोबेर्टाे लेवान्डोस्कीलाई बेचेको बायर्नले डी लिग्टलाई अनुबन्ध गर्न लागेको हो । यद्यपी डी लिग्ट र लेवान्डोस्कीको भूमिका फरक छ ।
बार्यनले यसअघि सेनेगलका स्टार खेलाडी साडियो मानेलाई अनुबन्ध गरिसकेको छ । डी लिग्ट अनुबन्धका लागि इटालियन क्लब युभेन्ट्स र बायर्नबीच सहमति भएको डेली मेलले जनाएको छ । डी लिग्टले बायर्नसँग ५ वर्षको सम्झौता गर्ने बताइएको छ । २२ वर्षीय सेन्टर ब्याक डी लिग्ट तीन वर्ष युभेन्ट्समा बिताएर जर्मन आउन लागेका हुन् ।
डी लिग्टले युभेन्टसका लागि उनले १ सय १७ खेल खेलेका छन् । उनले नेदरल्यान्डका लागि उनले ३८ खेल खेलेका छन् । युभेन्टसले डी लिग्टलाई क्लब छोड्न बाटो खुल्ला गरिसकेपछि उनले जर्मन क्लब रोजेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म