सशस्त्र प्रहरीद्वारा भारतीय गाडीबाट २ क्विन्टल गाँजा बरामद

रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल लागुऔषध गाँजा सहित एक भारतीय नम्बर पलेटको स्कर्पियो बरामद गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प फतुवाबाट इन्स्पेक्टर विनय श्रेष्ठको कमान्डमा गएको टोलीले राजपुर नपा ६ कुडिया चौक स्थित गाडी सहित २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको हो ।
आँपको बगैँचामा लुकाई पार्किङ गरि राखिएको डिएल ४ सि एनबी ६२२९ नम्बरको स्कोर्पियोमा गाँजाको १३ वटा पोका सहित लाई टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरले बताएका छन् ।
प्रति पोका १४ केजी ८ सय ग्रामको दरले कुल १ सय ९२ केजी ४०० सय ग्राम गाँजा सहित एक स्कर्पियो बरामद भएको डीआईजी मगरले जानकारी दिएका छन ।
बरामद गाँजा सहितको गाडी कसको हो भने हालसम्म खुल्न नसकेको तथा आवश्यक अनुसन्धान एवं कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो छ यो साताको राशिफल ?
-
५२ वर्षपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक
-
आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएकोप्रति महासंघको आपत्ति
-
न्युक्यासलसँग हारेसँगै रेलिगेसनमा पर्यो ईप्सविच
-
मातातीर्थ कुण्डमा स्नान र दर्शन गर्ने भक्तजनको घुइँचो, तस्बिरहरू
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै