एन्फा कार्यसमिति बैठक आज बस्दै, गणेश थापाका छोरालाई उपमहासचिव बनाउने तयारी
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति आज (सोमबार) बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार एजेन्डा नम्बर ७ मा विभिन्न पदमा नियुक्ति सम्बन्धमा रहेको छ ।
त्यसै अनुसार आजको कार्य समिति बैठकमा तीन उपमहासचिव नियुक्त हुनेछ । त्यसमा प्रथम उपमहासचिवमा गणेश थापाका छोरा गौरव थापालाई नियुक्त गर्ने तयारी रहेको छ । आजको कार्यसमिति बैठकबाट एन्फा प्रवक्तामा सुरेश शाहलाई नियुक्त गर्ने तयारी रहेको एन्फाका एक सदस्यले रातोपाटीलाई भने ।
आजको बैठकमा महिला साफ च्याम्पियनसिप र एनएसएल सम्बन्धी मुख्य एजेन्डा रहेका छन् । साउन २ गते बस्ने कार्यसमिति बैठकमा एन्फाले नियुक्ति र पदपूर्तिसम्बन्धी मुख्य योजना बनाएको छ ।
महिला साफ काठमाडौँमा आयोजना हुँदैछ । त्यसका लागि एन्फाले स्थान र समय निर्धारणदेखि लिएर टिम कोच र टिम म्यानेजर नियुक्तिलाई पूर्णता दिनेछ । त्यस्तै सी डिभिजन लिग र दैनिक फुटबल प्रशिक्षण सम्बन्धमा पनि एजेन्डा बनाएको छ । एन्फाको कार्यसमिति बैठकमा उप–महासचिव नियुक्त गर्ने कार्य पनि रहेको छ । त्यस्तै एन्फाको प्रवक्तामा सुरेश यादवलाई नियुक्त गर्ने कार्यसमितिको योजना छ ।
यस्ता छन् मुख्य एजेन्डा:
– महिला साफ च्याम्पियनसिपको योजना तथा टिम तयारी । जसमा समय र स्थान निर्णय गर्ने रहेको छ । त्यस्तै टिम कोच र मेनेजर नियुक्ति रहेको छ ।
– एनएसएलसँग सम्झौता गर्ने नगर्ने । एनएसएल हुने नहुने विषयमा ।
– एन्फाको पदपूर्ति सम्बन्धी ।
– सी डिभिजन लिग छनोट सम्बन्धी ।
– फुटबल टोलीको दैनिक प्रशिक्षण सम्बन्धी ।
– यू–२० र यू–१७ टिमको सहभागिता तथा प्रशिक्षक र मेनेजर नियुक्ति सम्बन्धी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय नागरिकलाई भन्सार एजेन्टका रूपमा राखेका कारण बेथिति सिर्जना भयो : सांसद थापा
-
अमेरिकामा ट्रान्सजेन्डर खेलाडीले महिलाको श्रेणीमा खेल्न नपाउने
-
मिलनको ‘काली’ मा समिक्षाको अभिनय
-
काठमाडौँमा आगामी शनिबार ‘इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता’ हुने
-
सलाम दक्षिण अफ्रिका !
-
गगन थापामाथि उठेका शङ्कैशङ्का र प्रश्नैप्रश्न