इमरान खानको पार्टी पञ्जाब उपचुनावमा विजयी
सोमबार, ०२ साउन २०७९, ०७ : २७
![इमरान खानको पार्टी पञ्जाब उपचुनावमा विजयी](https://rpcdn.ratopati.com/media/albums/Imran_khan1649552807_pqISm9PSUL.jpg)
आइतबार भएको पञ्जाब विधानसभा सिटमा भएको उपचुनावमा पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआई) विजयी भएको छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले पञ्जाब विधानसभाको २० सिटमा भएको महत्वपूर्ण उप चुनावमा आफ्नो प्रतिद्वन्द्वीलाई विजयको लागि बधाई दिएको छ ।
आइतबारको प्रारम्भिक नतिजा अनुसार, पीटीआई उम्मेद्वारहरूले मुल्तान डेरा गाजी खान, साहिवाल, र खुशाब प्रान्तीय विधानसभा सिटमा विजय हासिल गरेको छ, जबकि पार्टीले प्रान्तका १५ निर्वाचन क्षेत्रहरूमा अग्रता लिएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।
आफ्नो पार्टीको उपचुनाव अभियानको नेतृत्व गरिरहेकी पीएमएल–एन उपाध्यक्ष मरियम नवाजले सत्तारुढ दलले चुनावी नतिजालाई खुला हृदयले स्वीकार गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईएमआई तिर्न नसक्दा खोसिएको थियो शाहरुखको कार
-
६० हजार स्वास्थ्य जनशक्ति पदपूर्ति गर्छु : मन्त्री यादव
-
चीनमा झुक्किएर लन्च भएको रकेट पड्कियो
-
६० किलो सुन तस्करी प्रकरण : सुन तस्करीसहित आठ अभियोग, ४६ प्रतिवादी
-
अग्रज पत्रकार कर्णदेव भट्टको निधन
-
एकीकृत समाजवादीको महाधिवेशनमा राजेन्द्र राईको फरक मत (पूर्ण पाठसहित)