बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया

सोमबार, ०२ साउन २०७९, ०७ : २१
सोमबार, ०२ साउन २०७९

नेपाल पत्रकार महासंघ युरोप शाखाले बेल्जियम नेपाली पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा सहभागिता जनाउन नेपालबाट गण्डकी प्रदेशका निवर्तमान अध्यक्षसमेत रहेका त्रिभुवन पौडेल, रमेश खतिवडा, केसी लामिछाने र सुनिल खड्का बेल्जियम पुगेका थिए । 

कार्यक्रममा संचारकर्मीहरुलाई समस्या पर्दा युरोप शाखाले सहयोग र साथ दिएको भन्दै युरोप शाखाले गरेको योगदानको प्रशंसा गरिएको थियो ।  युरोपमा रहेका नेपाली समुदायहरूमा विभिन्न भर्चुअल कार्यक्रम आयोजना गरेर तत्कालिन समस्या समाधान र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन शाखा सफल रहेको अतिथिहरूले स्मरण गरेका थिए । 

बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपालका महामहिम राजदूत गेहेन्द्रराज राजभण्डारीको प्रमुख आतिथ्यता र कार्यबाहक अध्यक्ष केजिन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।  कार्यक्रममा शाखाका उपाध्यक्ष दिल निसानी मगरले स्वागत गन्तब्य राखेका थिए ।

कार्यक्रममा एनआरएन बेल्जियमका कोषाध्यक्ष श्लोकेन्द्र नेपाल, व्यवसायी मनिस गुरुङ, महिला व्यवसायी कल्पना मगर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप