यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
सोमबार, ०२ साउन २०७९, ०५ : ५९
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै अमेरिकी एक डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ १५ पैसा र बिक्री दर १५१ रुपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।