सिट गुम्ने डरले गठबन्धनबारे दोधारमा काँग्रेस नेता

प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका शीर्षस्थ नेता तालमेलको पक्षमा छन् ।
गत मंसिरमा सम्पन्न काँग्रेसको १४ औं महाधिवेशनबाट इतर समूहको नेतृत्व गरेका नेता डा शेखर कोइराला पनि पछिल्लो समय कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलका पक्षमा धारणा दिन थालेका छन् ।
तर, काँग्रेसका दोस्रो तहका मोहन बस्नेतसहितका केही नेताहरूले भने स्पष्ट रूपमा गठबन्धनका पक्षमा मुख खोलेका छैनन् । उनीहरू आफू निर्वाचित भएको क्षेत्र अरू दलका उम्मेदवारलाई छाड्न नहुने पक्षमा छन् । काँग्रेसका धेरै जसो नेताहरूलाई गठबन्धन नभए हारिने, गठबन्धन कायम रहे आफ्नो क्षेत्रको सिट गुम्ने डर छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग फुटबलमा आर्सनल विजयी
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी