बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एटिएम मेसिन फोर्न खोज्ने पक्राउ

आइतबार, ०१ साउन २०७९, २२ : १२
आइतबार, ०१ साउन २०७९

प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ । असार ३१ गते राति पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्न खोज्ने रुकुम स्थायी घर भई पोखरा–९ पृथ्वी चोक बस्ने १९ वर्षीय नरेश पुन मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

निजलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप