शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय उपराष्ट्रपति निर्वाचन : पूर्वमन्त्री मार्गरेट अल्वा विपक्षीको उम्मेदवार

आइतबार, ०१ साउन २०७९, २२ : ०७
आइतबार, ०१ साउन २०७९

भारतीय काँग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मार्गरेट अल्वा अगस्त ६ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि विपक्षीको संयुक्त उम्मेदवार बनेकी  छन् । एनसीपी प्रमुख शरद पवारले भने, “भारतको उपराष्ट्रपति पदका लागि विपक्षीको उम्मेदवार मार्गारेट अल्वा हुने निर्णय भएको छ ।”

भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले पश्चिम बंगालका गभर्नर जगदीप धनखर उपराष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार हुने कुरा बताएको एक दिनपछि उक्त घोषणा भएको हो । आइतबार एनसीपी प्रमुख शरद पवारको निवासमा आयोजित बैठकपछि विपक्षी नेताहरूले उनको नाम टुंगो लगाएका हुन् ।

 बैठकमा काँग्रेस, टीएमसी, सीपीआईएम, आरजेडी, एसपीलगायत प्राय प्रमुख विपक्षी दल सहभागी थिए । उपराष्ट्रपतिको उम्मेदवारमा प्रस्तावित अल्वाले यसअघि राजस्थानको राज्यपालको रूपमा सेवा गरेकी थिइन् । मार्गरेट अल्वालाई ४२ वर्षको उमेरमा केन्द्रीय मन्त्री बनाइएको थियो । अल्वाको जन्म सन् १९४२ मा मंगलौरमा भएको थियो । उनी पूर्व मद्रास प्रेसिडेन्सीको विभिन्न भागमा हुर्किएकी थिइन् । 

भारतीय निजामती सेवाका एक सदस्यकी छोरी विवाहपछि अल्वा परिवारमा जोडिएकी हुन् ।  अल्वाले प्रधानमन्त्री इन्दिरा गान्धी, राजीव गान्धी र नरसिंह रावको अधीनमा रहेर धेरै जिम्मेवारी सम्हालेकी थिइन् ।  निर्वाचन आयोगले सन् २०२२ अगस्ट ६ मा भारतको १६ औं उपराष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम यस पहिले नै सार्वजनिक गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप