शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हक्कानीको अमेरिकासँग आग्रह : रोक्का रकम फुकुवा गरिदेऊ

आइतबार, ०१ साउन २०७९, २१ : २४
आइतबार, ०१ साउन २०७९

अफगानिस्तानले आफ्नो सात अर्ब अमेरिकी डलर सम्पत्तिमाथि लगाइएको प्रतिबन्ध अन्यायपूर्ण भएको बताउँदै अमेरिकालाई उक्त सम्पत्ति फुकुवा गर्न आह्वान गरेको छ ।

अफगानिस्तानको खोस्ट प्रान्तमा भएको एक भेलालाई सम्बोधन गर्दै हक्कानीले भने, “अफगानिस्तानबाट ‘पश्चिमी प्रभाव’ हटाइएमा स्वतःस्फूर्तरुपमा मुलुकमा समावेशी सरकार गठन हुने टोलो न्यूजले हक्कानीलाई उद्धृत गरी लेखेको छ ।  

हक्कानीले भने, “के तिनीहरूले विगत २० वर्षमा केही उपलब्धि हासिल गरे ? अब, तिनीहरूले अफगानीहरूको सम्पत्ति रोक्का गरेका छन् र निश्चित संख्यामा मानिसहरूको बदला लिएका छन् ।”

हक्कानीले भने, “अफगानीहरूले २० वर्षसम्म अमेरिकाको विरुद्धमा लड्यौँ ।” हक्कानीले समावेशी सरकार गठनका लागि लामो समय लाग्ने बताउँदै मुलुकले पहिचानको पर्खाइमा बस्नु नपर्ने र आवश्यक कदम चाल्नुपर्ने बताए । 

देशले अन्य कुनै पनि मुलुकका लागि खतरा उत्पन्न गर्ने छैन र तिनीहरूबाट पनि यस्तै सहभागिता मागेको हक्कानीले बताए । उनले थपे, “हामी पाकिस्तान, इरान, चीन वा अरू कसैको विरोध गर्छौं भन्दैनौँ । हामी अफगानीहरूले हाम्रो परीक्षण गरेका छौं र हामी उनीहरूलाई आश्वासन दिन्छौं कि हाम्रो पक्षबाट कुनै खतरा हुनेछैन तर हामी त्यस्तै सहभागिता माग्छौं ।” 

आन्तरिक मन्त्रीले राष्ट्रलाई एकताबद्ध रहन र एकअर्कालाई स्वीकार्न आग्रह पनि गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप