भृकुटी मण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा भएको आगलागीको छानबिन गर्ने बताएका छन् । गृहमन्त्री खाणले आज दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने आश्वासन दिएका हुन् ।
आगलागीमा परिषद्अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषले अपाङ्गता भएकाहरुका लागि राखेका सहायता सामग्री जलेको थियो । उनले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उनीहरुका लागि सहायता सामग्री उपलब्ध गराइने बताए ।
मन्त्री खाणले प्राधिकरणले उपलब्ध गराउने सहायता सामग्री राख्नका लागि आवश्यक पर्ने स्थान पनि खोजेर उपलब्ध गराउने आश्वासन दिए । अवलोकनका क्रममा गृहमन्त्री खाणले आगलागी भएको स्टोर, राष्ट्रिय अपाङ्ग कोषको कार्यालय र ती सामग्री निर्माणको समेत अवलोकन गरेका थिए ।
गृहमन्त्री खाँणले कोषका सभापति डेकराज भट्टराईसँग आगलागी र कोषका बारेमा जानकारी लिएका थिए । अवलोकनका क्रममा गृहसचिव टेकनारायण पाण्डे, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोरालगायतको सहभागिता थियो ।
उक्त स्टोरमा असार २९ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट स्टोरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर