शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सन्यास लिएको ९ वर्षपछि पनि सचिनको आय १८ करोड भारु, विश्वकै सबैभन्दा धनी क्रिकेटर

आइतबार, ०१ साउन २०७९, १९ : ४३
आइतबार, ०१ साउन २०७९

। २४ वर्ष व्यावसायिक क्रिकेट खेलेका भारतका चर्चित ब्याटसम्यान सचिन तेन्दुलकरले खेल जीवनबाट अवकाश लिएपछि पनि भारतको सबैभन्दा धेरै कमाउने सेलिब्रेटीहरूको सूचीमा आउँछन् । आज पनि विभिन्न ब्राण्डसँग गरेका सम्झौताबाट उनले करोडौँ कमाउने गर्छन् । 

कुल सम्पत्तिको आधारमा सचिन तेन्दुलकर भारतीय क्रिकेट क्षेत्रका मात्र होइन, विश्वकै सबैभन्दा धेरै धन भएका क्रिकेट खेलाडी हुन् । 

सचिनको एउटा घरको मूल्य १ अर्ब भारु

सचिनको मुम्बईको बान्द्रामा एक आलिसान बङ्गला छ । वोगको रिपोर्ट अनुसार सो बङ्गलाको आजको झण्डै एक अर्ब भारु पर्छ । सचिनले यो बङ्गला सन् २००७ मा ३९ करोडमा किनेका थिए ।

यस बाहेक सचिनको बान्द्राको कुर्ला कम्प्लेक्समा पनि अर्को फ्ल्याट छ, जसको मूल्य करिब करिब ८ करोड भारु बताईन्छ । त्यस्तै केरलामा उनको एउटा लगभग ७८ करोड भारुको घर छ । 

लण्डनमा रहेको सचिनको फ्ल्याट्बाट देखिन्छ लड्सको मैदान

सचिनको घर भारतबाहेक लण्डनमा पनि रहेको स्पोर्ट्सकीडा वेबसाइटले लेखेको छ । वेबसाइटका अनुसार लन्डनको लर्ड्स क्रिकेट स्टेडियम नजिकै सेन्ट जोन्स वुडमा सचिनको घर पनि छ, जहाँ उनी प्रायः बिदा मनाउने गर्छन् ।

मिडिया रिपोर्टका अनुसार सचिनले यो फ्ल्याट करिब ४७ करोड भारुमा किनेका थिए । सेन्ट जोन्स वुड लन्डनको सबैभन्दा महँगो जग्गा भाउ भएको क्षेत्रमध्ये एक हो । यस फ्ल्याटको विशेष कुरा के भने यहाँका घरको छतबाट क्रिकेटको मक्का भनिने लर्ड्स स्टेडियम देखिन्छ।

महँगो घडीका सौखिन, एउटा २ करोडको घडी पनि सङ्कलनमा

सचिन महँगा घडीका सौखिन हुन् । उनले एक अन्तरवार्ताको क्रममा आफूसँग रहेको महँगा घडीको गन्ती गर्ने नगरेको बताएका थिए । सचिनसँग एहेको ओजमार्स पिग्वे(एपी)को घडीको मूल्य २ करोड भारु पर्छ । 

घडी सम्बन्धमा सचिनको एउटा अनौठो स्वभाव छ । उनी क्रिकेट खेल्दा सधैँ आफ्नो घडी लगभग ७–८ मिनेट छिटो राख्थे । यो बानी अहिलेसम्म नगएको उनी बताउँछन् । 

बिलासी कारको ठुलो सङ्ग्रह

महँगा घडीका अतिरिक्त सचिन तेन्दुलकरलाई महँगा कारका पनि सौखिन हुन् । मिडिया रिपोर्टका अनुसार उनीसँग ७ वटा कार छन् जसको बजार मूल्य १३ करोड भारु हुन आउँछ । 

उनीसँग रहेको एउटै सस्तो कार उनले पहिलो पटक प्रयाग गरेको मारुती ८०० हो । सचिनले यो कार सन् १९८९ मा किनेका थिए ।

अवकासपछि पनि ब्रान्डको रोजाइमा पर्छन्

एक रिपोर्टका अनुसार सचिन तेन्दुलकरको कुल सम्पत्ति १२ अर्ब ७१ करोड भारु हुन आउँछ । व्यावसायिक क्रिकेटबाट सन्यास लिएपछि पनि विश्वस्तरीय ब्राण्डको रोजाइमा परेका उनी वर्षेनी करौडौंँ कमाई रहेका छन् ।  

उनले विभिन्न ब्रान्डको विज्ञापन गरेर वर्षेनी करिब १८ करोड भारु कमाउँछन् । सचिन अहिले बूस्ट, पेप्सी, एमआरएफ, एडिडास, ब्रिटानिया, तोशिबा, क्यास्ट्रोल इन्डिया, कोका–कोलाजस्ता धेरै ब्रान्डहरूको स्पोन्सर गर्छन् । 

सन् २००१ मा टायर कम्पनी एमआरएफसँग १ अर्ब भारुको ब्रान्ड सम्झौता गरेका सचिन भारतमा १ अर्ब भारुको विज्ञापन सम्झौता गर्ने पहिलो खेलाडी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप