बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नेपाल बैंकको एक्सटेन्सन काउन्टर अब जङ्गी अड्डामा

आइतबार, ०१ साउन २०७९, १९ : ३५
आइतबार, ०१ साउन २०७९

नेपाल बैंक लिमिटेडले आफ्नो नयाँ एक्सटेन्सन काउन्टर नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा खोलेको छ । बैंकले भद्रकाली स्थित सैनिक कल्याणकारी महानिर्देशनालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

आइतबार एक कार्यक्रमकाबीच नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । सो समारोहमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल,सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरूको समेत सहभागिता रहेको थियो । 

नेपालकै पहिलो नेपाल बैंकको मुलुकभर २१८ शाखाहरू, १९२ एटिएमका साथै ४७ एक्सटेन्सन काउन्टर रहेको छ भने सो सेवा केन्द्रहरूमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको बैंकले जनाएको छ । हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि थप नेपाल बैंक अघि बढिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप