मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत भ्रमण पूरा गरी प्रचण्ड स्वदेश फिर्ता

आइतबार, ०१ साउन २०७९, ०६ : ००
आइतबार, ०१ साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताए । उनले भारतले आफ्नो भ्रमणलाई निकै महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री हुँदाखेरी जाँदा भन्दा पनि अहिले बढी सम्मान पाएको बताए । 

उनले भारतीय अधिकारी विशेषगरी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । ‘उहाँसँग संवाद कस्तो होला भन्ने भित्रैदेखि भएको थियो । संविधान जारी हुनुअघि नमिठो संवाद भएको थियो’, उनले भने, ‘तर, ७ वर्षपछि भेट्दा कस्तो होला भन्ने लागेको थियो । सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासँग दूतावासमा भएको ब्रेकफास्ट भेटघाटलाई नकारात्मक ढंगले प्रचार गर्ने काम भएको गुनासो गरे । भेटमा आरजुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र त्यसबाहेक अन्य कुराकानी नभएको बताए । 

भ्रमणका क्रममा भाजपाका अध्यक्षसँग भेटवार्ताका साथै नेपाली समुदायसँग पनि अन्तरक्रिया गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप