सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

३१ जनामा हैजा पुष्टि, १५–२४ वर्ष उमेर समूहका ९ जनामा संक्रमण

आइतबार, ०१ साउन २०७९, १८ : ४०
आइतबार, ०१ साउन २०७९

नेपालमा पछिल्लो पटक संक्रमण देखिएका हैजाका बिरामीको संख्या ३१ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासँगै आसपासका जिल्लामा समेत हैजा बिरामी पुष्टि भएका हुन् । 
 काठमाडौंमा गत असार दुई गते पहिलो पटक हैजा देखिएको थियो । हालसम्म हैजा पुष्टि हुनेहरु चार वर्षदेखि ७४ वर्ष उमेर समूहका रहेका छन् । सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका छन् ।  यस्तै ६ जना बालबालिकामा पनि हैजा पुष्टि भएको छ । 
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप