मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

२२५ स्थानीय तहले अझै पेश गरेनन् बजेट

आइतबार, ०१ साउन २०७९, १८ : ०२
आइतबार, ०१ साउन २०७९

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ । नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको हो । 
बजेट पेश गरेर पास नगरेसम्म स्थानीय तहले चालु आर्थिक वर्षमा रकम खर्च गर्न पाउने छैनन् ।  मन्त्रालयका अनुसार हालसम्म ७५३ मध्ये ५२८ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९–८० को बजेट पेश गरेका छन् । 

हालसम्म बजेट पेश गर्नेमा प्रदेश १ का १०२, मधेस प्रदेशका ७०, बागमती प्रदेशका ८४, गण्डकी प्रदेशका ७२, लुम्बिनी प्रदेशका ८३, कर्णाली प्रदेशका ५६ र सुदूरपश्चिम प्रदेशका ६१ स्थानीय तह रहेका छन् ।  बजेट पेश नगर्नेमा प्रदेश १ का ३५, मधेश प्रदेशका ६६, बागमती प्रदेशका ३५, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका २६, कर्णाली प्रदेशका २३ र सुदूरपश्चिम प्रदेशका २७ वटा स्थानीय तह छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप