सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पद बहालीपछि उपसभामुख भुसालले भनिन्– सदन प्रभावकारी ढंगबाट अघि बढाउने प्रयास गर्छु

आइतबार, ०१ साउन २०७९, २२ : ०९
आइतबार, ०१ साउन २०७९

नवनिर्वाचित प्रतिनिधिकी उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताएकी छन् ।  आइतबार पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उपसभामुख भुसालले आफूमाथि जिम्मेवारी बढेको महशुस गरेको प्रतिक्रिया पनि दिइन् ।

‘संविधानले उपसभामुखबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारवाही अघि बढाउनेछु’,उनले भनिन्, ‘र सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगबाट अगाडि बढाउन मेरो प्रयास रहन्छ । तीन चार महिना जति समय छ, त्यो समय मेरो लागि अत्यन्त महत्वपूर्ण रहनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप