बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

को हुन् भारतको उपराष्ट्रपतिका रुपमा भाजपाका उम्मेदवार जगदीप धनखण्ड ?

आइतबार, ०१ साउन २०७९, १७ : २३
आइतबार, ०१ साउन २०७९

भारतको सत्तारुढ गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स(एनडीए)ले उपराष्ट्रपति पदको लागि जगदीप धनखण्डलाई उम्मेदवार बनाएको छ । धनखण्ड सन् २०१९ जुलाईमा पश्चिम बंगाल राज्यको गर्भनर चुनिएदेखि विभिन्न कारणले समाचारमा छाइरहे । यस अवधिमा भएको उनको जति चर्चा भयो त्यति त उनको सम्पूर्ण राजनीतिक करियरमा भएको थिएन । 

राज्यपालको हिसाबमा शपथ लिएदेखि नै उनको पश्चिम बंगाल सरकार र राज्यको सत्तारुढ दल तृणमूल कंग्रेससँग विभिन्न मुद्दामा टक्करको सुरु भयो । केहीअघि पनि उनी महुआ मोइत्रासँग ‘चुरोट खाँदै गरेको अवस्थाको कालीको तस्विर’को विषयमा भिडेका देखिन्थ्यो ।  

यही कारणले शनिबार साँझ एनडीएको प्रमुख घटक भाजपाले उनलाई उपराष्ट्रपति पदको उमेद्वारका घोषणा गरेपछि बंगालमा ‘भाजपाले उनलाई पार्टीप्रतिको बफादारिताको लागि पुरस्कार’ चर्चा चल्न थालेका छ ।

पश्चिम बंगालको गभर्नरका रुपमा उनले ममता बनर्जीको राज्य सरकार र तृणमूल कंग्रेसविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदा उनीमाथि गभर्नरभन्दा पनि भाजपाका कार्यकर्ताको रुपमा काम गरेको आरोप लाग्थ्यो । 

को हुन् जगदीप धनखड ? 

राजस्थानको झुन्झुनु जिल्लाको किठाना गाँउमा सन् १९५१ मा जन्मिएका धनखण्डले सन् २०१९ जुलाई ३० मा बंगालको गर्भनर को कार्यभार सम्हालेका थिए । राजस्थान विश्वविद्यालयबाट कानुनमा एलएलबीसम्मको पढाई गरेका धनखण्डले सन् १९७० मा राजस्थन बार काउन्सिलको सदस्यता लिएर कानुनी अभ्यास सुरु गरे । 

सन् १९८९ मा उनी भाजपाको समेत समर्थनमा जनता दलबाट झुन्झुनूबाट लोकसभा चुनाव लडे । त्यस चुनावमा जितपछि उनी सांसद हुदै केन्द्रीय मन्त्री समेत बनेका थिए । जनता दलको विभाजनको समयमा उनी पूर्व–प्रधानमन्त्री देवेगौडाको खेमामा उभिए । तर सोही पार्टीले उनलाई टिकट नदिएपछि उनी कंग्रेस पार्टीमा गए । त्यसपछि अजमेरबाट कंग्रेसको टिकटमा लोकसभा चुनाव लडेका धनखण्डको हार भयो । 

सन् १९९३ देखि १९९८ बचि उनी अजेमरको किशनगढ विधमासभाबाट विधानसभाको सदस्य रहे । यस अवधिमा उनी विभिन्न महत्वपूर्ण समितिमा सदस्य रहे । सन् २००३ मा उनले भाजपा प्रवेश गरे । र सोही पार्टीले उनलाई अहिले उपराष्ट्रपति उमेदवार बनाएको छ । भारतमा अगष्ट ६ मा उपराष्ट्रपति पदको लागि चुनाव हुँदैछ । वर्तमान उपराष्ट्रपति वेकैया नायडूको कार्यकाल अगस्ट १० मा अन्त्य हुदैछ भने त्यसको भोलिपल्ट अर्थात अगष्ट ११ मा नयाँ उपराष्ट्रपतिले शपथ लिनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप