शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मेलम्ची सुरुङ फुट्दा मृत्यु भएका परिवारलाई २ वर्षपछि राहत

आइतबार, ०१ साउन २०७९, १६ : ४६
आइतबार, ०१ साउन २०७९

मेलम्ची सुरुङ फुट्दा मृत्यु भएका परिवारजनलाई सरकारले तीन वर्षपछि राहात उपलब्ध गराएको छ । २०७७ असारमा सुरुङ फुट्दा  मृत्यु भएका इन्जिनियर सतीशकुमार गोइत र सवारी चालक राधाकृष्ण थापाका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत उपलब्ध गराएको हो ।

३१ असारमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै आज सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा १७ नम्बर गेट फुट्दा गोइत र थापा बेपत्ता भएका थिए ।

सो घटनाको केही दिनपछि थापाको शव मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो भने जनकपुरका इन्जिनियर गोइतको शव बाहुनेपाटीमा भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप