बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अपांगता भएकी युवती बलात्कार आरोपमा दुईजना पक्राउ

आइतबार, ०१ साउन २०७९, १६ : ३७
आइतबार, ०१ साउन २०७९

बैतडीमा अपांगता भएकी युवती बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दोगडाकेदार–४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनारा छन् ।

उनीहरूले २७ असार दिउँसो युवतीलाई फकाएर गोठमा लगी बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।  पीडित युवतीको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।

गत साता मात्रै पुर्चौडी नगरपालिकास्थित पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुखले मजदुर महिलालाई बलात्कार गरेको घटना बाहिर आएको थियो । उक्त घटनाका विषयमा अनुसन्धान जारी छ । क्याम्पस प्रमुखले पदबाट राजीनामा दिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप