शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदका लागि प्रारम्भिक चरणको प्रशिक्षण सकियो

आइतबार, ०१ साउन २०७९, १६ : ३२
आइतबार, ०१ साउन २०७९

लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदका लागि रहेको प्रारम्भिक चरणको बन्द प्रशिक्षण आइतबारदेखि सकिएको बताएको छ । गत जेठ २४ गतेदेखि सुरु भएको प्रशिक्षण असार ३२ सम्म संचालन भएको थियो । बिभिन्न २३ खेलको प्रारम्भिक चरणको प्रशिक्षण सकिएको हो ।

चीनमा हुने १९ औं एसियाली खेलकुद खेलकुदका लागि राखेपले प्रशिक्षण सुरु गरेको थियो ।  राखेपले महिला भलिबल, महिला फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती , भारोत्तोलन , आर्चरी ,बास्केटबल, ब्याडमिन्टन, सुटिङको  फेन्सिङ, ह्यान्डबल, कबड्डी ,टेबलटेनिसको प्रशिक्षण सुरु भएको थियो ।

चीनमा हुने भनिएको एसियन गेम्स कोरोना महामारीका कारण अनिश्चितकालका लागि सरेको थि यो । राखेपले प्रारम्भिक चरणमा ४० दिनको प्रशिक्षण राखेको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप