शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

स्कटल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइतबार, ०१ साउन २०७९, १६ : ०३
आइतबार, ०१ साउन २०७९

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दैछ  । स्कटल्याण्डले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । स्कटल्यान्डविरुद्धको पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल आजको खेलमा पनि जित निकाल्न चाहन्छ ।

सरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्न लागेको हो । यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ ।

नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको  छ ।  नेपालले १९ खेलमा १७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २३ खेलमा ३२ अंक जोडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप