गणेश थापाका छोरालाई एन्फाको उपमहासचिव बनाउने सहमति
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रथम उप–महासचिव पदमा एन्फा पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापालाई बनाउने सहमति भएको छ । उनलाई महासचिव बनाउनका लागि एन्फा नेतृत्व तयार भएको छ । त्यस्तै एन्फाको प्रवक्तामा सुरेश शाहलाई बनाउने तयारी भएको एन्फाका एक उच्च अधिकारीले बताए ।
गौरव थापालाई एन्फाको कुनै एक पद दिने सहमति पहिले नै भएको थियो । त्यसैअनुसार भोलि हुने एन्फा कार्यसमिति बैठकमा निर्णय हुनेछ । सुरेश शाहलाई यसअघि नै प्रवक्ताका रुपमा नियुक्ति दिने सहमति भइसकेको थियो ।
एन्फामा अहिले गणेश थापा पक्षको बहुमत छ । २१ सदस्य कार्यसमितिमा हाल १९ सदस्य छन् । जसमा गणेश थापाको पक्षमा १० कार्य समिति सदस्य छन् । पहिलो कार्यसमिति बैठकमा गौरवलाई भित्र्याउने सहमति नभएपनि दोस्रो कार्यसमिति बैठकमा एन्फा नेतृत्वले सहमति देखाउने छ ।
यदि एन्फाको नेतृत्वले सहमति नजाएपछि एन्फाका कुनै पनि निर्णयमा पारित नहुने देखिन्छ । यसैपनि अध्यक्ष पंकज नेम्वाङले चुनाव अघि गौरव थापालाई एन्फाको कुनै एक पदमा राख्ने वाचा गरेका थिए । नेम्वाङले थापा पक्षका सुरेश शाहलाई प्रवक्ता बनाउने सहमति पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?