खाजाघरमा १ हजारमा वेश्यावृत्ति गराएको आरोपमा महिला पक्राउ
आइतबार, ०१ साउन २०७९, १५ : ३२
काठमाडौंको खाजाघरमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । इलाम जिल्लाको माई नगरपालिका–७ घर भएकी २८ वर्षीया चिनिमाया लिम्बुलाई पक्राउ गरिएको मानव बेचविखन ब्यूरोका एसपी दानबहादुर मल्लले रातोपाटीलाई बताए ।
चिनिमायाले काठमाडौंको टोखा नगरपालिका–९ मा खाजा घर सञ्चालन गरेकी छिन् । सो खाजा घरमा कोठा भाडामा लिएर नाबालिगलाई राखेर वेश्यावृत्ति गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । वेश्यागमनका लागि आउने ग्राहकहरूसँग चिनिमायाले प्रति ग्राहक १ हजार लिने गरेको एसपी मल्लले जानकारी दिए ।
नगद आफुले राखेर उनले ती नाबालिगलाई खान मात्रै खुवाएर जबर्जस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गरेकी थिइन् । जेठ १३ मा प्रहरीले नाबालिकालाई उद्दार गरेको थियो । आरोपीलाई असार ३१ मा पक्राउ गरेर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?