बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नेप्सेमा झिनो सुधारसहित नयाँ आर्थिक वर्षको सुरुवात

आइतबार, ०१ साउन २०७९, १५ : १८
आइतबार, ०१ साउन २०७९

सेयर बजार परिसूचक नेप्सेले झिनो सुधारसहित आर्थिक वर्ष २०७९/८० को शुरुवात गरेको छ । साताको पहिलो कारोबारका दिन समेत रहेको साउन १ गते नेप्से सूचक १.९३ अंकले बढ्दै २ हजार ११ दशमलव ३९ अंकमा उक्लिएको हो । 
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.०२ अंकले बढ्दै ३८५.९३ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । १.९३ अंकले बढेको बजारमा आज १ अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । 

यस दिन बैंकिङ, ट्रेडिङ म्यानु एण्ड प्रो, जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक बाहेक ९ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको सूचक १.१२ प्रतिशतले घटेको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक ०.९१ प्रतिशतले बढेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप