आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

त्रिवि सेवा आयोगलाई नेविसंघले दियो २४ घण्टे अल्टिमेटम

आइतबार, ०१ साउन २०७९, १४ : ५३
आइतबार, ०१ साउन २०७९

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगलाई सम्पूर्ण काम कारबाही रोक्न २४ घण्टे अल्टिमेटम दिएको छ । आइतबार नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै हाल भइरहेका सम्पूर्ण परीक्षा, अन्तरवार्ता र नतिजा प्रकाशनका विषयमा आवश्यक छानविन हुनुपर्ने माग राखे । 

विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि सेवा आयोगका हालसालै र विगतमा भएका शिक्षक कर्मचारीको समग्र मूल्यांकन र नतिजाको आवश्यक छानविन नगरी मूल्याङ्कन, छनौट र सिफारिसका कार्यलाई निरन्तरता दिने दुष्प्रयास भएमा नेविसंघ आन्दोलनको आँधीबेहरी सृजना गर्ने त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी त्रिवि सेवा आयोग स्वयमले लिनुपर्ने पनि जानकारी गराउँदछौं ।,’

त्रिविको उच्च प्राज्ञिक मूल्य, मान्यता र गुणस्तरमा योगदान गर्न सक्ने सक्षम जनशक्ति छनोट गरी नियुक्ति र बढुवाको लागि गठित त्रिवि सेवा आयोगले मापदण्डमाथि नै प्रश्न उठेको रावलले बताए । त्रिवि सेवा आयोगबाट हाल भइरहेका सम्पूर्ण परीक्षा, अन्तरवार्ता र नतिजा प्रकाशनका विषयमा आवश्यक छानविन हुनु अनिवार्य रहेको उनको भनाइ छ ।

‘यसका लागि अध्यक्षज्यू स्वयमले उक्त छानविनको आवश्यक प्रकृया अगाडि बढाउनुपर्नेमा आफ्नो पदावधि सकिँदै गरेको अवस्थामा समेत शिक्षक कर्मचारीको विभिन्न पद र तहको अन्तरवार्ता लगायतका मूल्यांकनका कार्यहरुलाई निरन्तरता दिनुले नेपाल विद्यार्थी संघ त्रिवि समितिको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप