काठमाडौंका मजदुर र सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ
मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट असार १७ मा २ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानबाट मानव बेचविखन अनुसन्धान ब्यूरोले थप ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मीको तम्घास–२ घर भएका विजय कुँवर र दैलेख घर भएका विमल शाही, रामेछापको मन्थली नगरपालिका घर भएका धनबहादुर रोका उर्फ हिमाल, दैलेखका २८ वर्षीय धुपेन्द्र शाही र झापा घर भएका आशिष तामाङ छन् ।
आइतबार ब्यूरोले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको छ । आरोपीहरुले काठमाडौंका सडक बालबालिका र मजदुरलाई फकाएर मिर्गौला बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको ब्यूरोका एसपी दानबहादुर मल्लले जानकारी दिए ।
मजदुर र बालबालिकालाई उनीहरुले भारतमा लगेर ‘मिर्गौला बेचेपछि ५ लाख नगद र ५० हजार पर्ने मोबाइल पाइन्छ’ भनेर डिल गर्ने गरेका थिए । पक्राउ परेका दुईजना त्यसरी मिर्गौला बेचेका पीडित पनि हुन् । उनीहरुले आफ्नो शरीरबाट मिर्गौला झिकेको देखाएर ‘शरीरमा दुईवटा मिर्गौला हुन्छ, एउटा बेच्दा कुनै असर गर्दैन’ भनेर पीडितलाई फकाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
सर्लाही घर भएका २० वर्षीय र ३० वर्षीय युवकलाई उनीहरुले हेटौंडा–वीरगञ्जबाट रक्सौल हुँदै कोलकत्ता लैजाने तयारी गरेका थिए । ती युवकलाई भरत लिएर हिँडेको अवस्थामा प्रहरीले कोटेश्वरमा फेला पारेर उनीहरुलाई पक्राउ गरेको थियो । आरोपीहरुले किड्नी बेच्न तयार दुई जनालाई कालोपुल नजिकैको होटलमा राखेर रगत परीक्षण गराएका थिए ।
ती युवाहरुलाई कोलकत्तासम्म लैजाने जिम्मा विजय कुँवरले लिएका थिए । नेपालबाट कोलकत्तासम्म लगेबापत काठमाडौंमा सक्रिय गिरोहले ५ लाख लिने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सो गिरोहका मुख्य नाइके धनबहादुर रोका उर्फ हिमाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकबारे अन्तिम सुनुवाइ गर्न तयार भयो अमेरिकी सर्वोच्च अदालत
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग