शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एन्फा कार्यसमिति बैठक भोलि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

आइतबार, ०१ साउन २०७९, १४ : २०
आइतबार, ०१ साउन २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति भोलि (सोमबार) बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार महिला साफ च्याम्पियनसिप र एनएसएल सम्बन्धी मुख्य एजेन्डा रहेका छन् । साउन २ गते बस्ने कार्यसमिति बैठकमा एन्फाले नियुक्ति र पदपूर्तिसम्बन्धी मुख्य योजना बनाएको छ ।

महिला साफ काठमाडौँमा आयोजना हुँदैछ । त्यसका लागि एन्फाले स्थान र समय निर्धारणदेखि लिएर टिम कोच र टिम म्यानेजर नियुक्तिलाई पूर्णता दिनेछ । त्यस्तै सी डिभिजन लिग र दैनिक फुटबल प्रशिक्षण सम्बन्धमा पनि एजेन्डा बनाएको छ । एन्फाको कार्यसमिति बैठकमा उप–महासचिव नियुक्त गर्ने कार्य पनि रहेको छ । त्यस्तै एन्फाको प्रवक्तामा सुरेश यादवलाई नियुक्त गर्ने कार्यसमितिको योजना छ ।

यस्ता छन् मुख्य एजेन्डा :

– महिला साफ च्याम्पियनसिपको योजना तथा टिम तयारी । जसमा समय र स्थान निर्णय गर्ने रहेको छ । त्यस्तै टिम कोच र मेनेजर नियुक्ति रहेको छ ।

– एनएसएलसँग सम्झौता गर्ने नगर्ने । एनएसएल हुने नहुने विषयमा ।

 – एन्फाको पदपूर्ति सम्बन्धी ।

– सी डिभिजन लिग छनोट सम्बन्धी ।

– फुटबल टोलीको दैनिक प्रशिक्षण सम्बन्धी ।

– यू–२० र यू–१७ टिमको सहभागिता तथा प्रशिक्षक र मेनेजर नियुक्ति सम्बन्धी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप