बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

आइतबार, ०१ साउन २०७९, १३ : ४०
आइतबार, ०१ साउन २०७९

बाराको महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ वर्षीय रामबाबु साह र पछाडि सवार सर्लाहीको सेखौनाका अन्दाजी २८ वर्षीय अरविन्द कुमार कुशवाहा घाइते भएका थिए । 

घाइते दुबैको राजलक्ष्मी अस्पताल कलैयामा उपचार भैरहेकोमा कुशवाहाको मृत्यु भएको हो । साहलाई थप उपचारको लागी न्युरो अस्पताल वीरगन्ज पठाइएको छ ।  दहियारबाट गन्जभवानीपुर तर्फ जाँदै गरेको प्रदेश २–०३–०२०प ४१७२ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भएर पल्टिएको प्रहरी चौकी बरियारपुर बाराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप