आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप

आइतबार, ०१ साउन २०७९, १३ : ३५
आइतबार, ०१ साउन २०७९

भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ । सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म  १९९ दशमलब ९७ करोड डोज कोभिड खोप दिइएको हो । खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो ।

यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको थियो । गत वर्ष १७ सेप्टेम्बरमा एकै दिन २ दशमलव ५ करोड डोज कोभिड खोप दिइएको थियो, जुन अहिलेसम्मकै उच्च हो ।  कोविनका अनुसार १४ हजारभन्दा बढी साइट देशभर खोप सञ्चालन गरिरहेका छन् । देशको जनसंख्याको ९६ प्रतिशतले कोभिडको पहिलो डोज खोप लगाएका छन्  भने ८७ प्रतिशतले दुवै डोज लिएका छन् ।

आवर वर्ल्ड इन डाटाका अनुसार विश्वको कुल जनसंख्याको ६२ दशमलब १ प्रतिशले कोभिडविरुद्धको खोप लगाएका छन् । यस हप्ता केन्द्रिय  स्वास्थ्य मन्त्रालयले १८ वर्ष र माथिका मानिसहरूलाई बुस्टर डोजका लागि ७५ दिनको खोप अभियान सुरु गरेको छ । अहिलेसम्म लक्षित जनसंख्याको १८ देखि ५९ वर्ष समूहका १ प्रतिशतभन्दा कमले बुस्टर डोज लगाएका छन् । कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियान तीब्र पारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप