आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड आज बेलुका स्वदेश फर्किँदै

आइतबार, ०१ साउन २०७९, १३ : २५
आइतबार, ०१ साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेलुका (आइतबार) स्वदेश फर्किने भएका छन् । गत शुक्रबार दिल्ली निस्किएका प्रचण्ड तीनदिने दिने भ्रमण सकेर आज बेलुका ६ बजे फर्किने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले आजै भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । अध्यक्ष नड्डालाई भेटेलगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने बताइएको छ । प्रचण्ड गत शुक्रबारदेखि दिल्लीका विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै भारतीय उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट जारी राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप