आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ओलीले अहंकार प्रदर्शन गर्नुभयो : नारायणकाजी

आइतबार, ०१ साउन २०७९, २२ : ०५
आइतबार, ०१ साउन २०७९

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले  एमाले अध्यक्ष केपी शर्मा ओलीले अहंकार प्रदर्शन गर्दै वाम एकतामा ठेस पुग्नेगरी अभिव्यक्ति दिएको बताएका छन् । शनिबार काठमाडौमा आयोजना भएको ओली समेत सहभागी एक कार्यक्रममा वाम एकता र तालमेलमा जोड दिँदै वाम एकता नभए देशको स्वाधिनता खतरामा पर्ने बताएका थिए ।

त्यसको जवाफ दिँदै ओलीले कोही वामपन्थी भए काँग्रेसको पुच्छर बन्न छाडेर एकतामा आउनुपर्ने बताएका थिए । सोही विषयमा ओलीले दिएको अभिव्यक्तिलाई श्रेष्ठले वाम एकतामा ठेस पुग्ने अभिव्यक्तिको संज्ञा दिएका हुन् । 

‘मैले आत्मालोचक भई वाम तालमेल र एकता गरौं भन्ने प्रस्ताव राख्दा र वकिल जस्तो मात्र नहुन उपरोक्त अपील गर्दा समेत हलमा उपस्थित श्रोता सहभागी हरुले कर्तलध्वनीका साथ ताली बजाएर समर्थन गर्नु भएको थियो । तिनै श्रोता सहभागीहरुले क.ओलीले अहंकारको प्रदर्शन गर्दै वाम एकतामा ठेस पुग्ने गरी बोल्दा पुनः अझ जोडले ताली बजाउनुभयो । यसले वाम तालमेल र एकतालाई सहयोग पुर्याउँछ त ? पु–याउँदैन । हामी कहिले सच्चिने होला ? गम्भीरतापूर्वक सोचौं’, नेता श्रेष्ठले आइतबार सामाजिक सञ्जालमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप